मकवानपुरमा १ हजार ७४ किलोग्राम गाँजासहित चार जना पक्राउ

जनपत्र
१७ असार २०८२, मंगलवार १५:३९

हेटौंडा । मकवानपुर जिल्लाबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गर्दै चार जनालाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोली तथा स्थानीय सुरक्षाकर्मीहरूको समन्वयमा मकवानपुर जिल्लाको कैलाश गाउँपालिका–५, कटहरे पोखरीस्थित एक निजी घरमा छापा मारिएको थियो।

प्रहरीले सो स्थानबाट १ हजार ७४ किलोग्राम गाँजा फेला पारी नियन्त्रणमा लिएको छ। लागुऔषध गाँजा घरको कम्पाउन्डमा भण्डारण गरिएको अवस्थामा भेटिएको प्रहरी स्रोतले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा कैलाश गाउँपालिका–५ का हरी बहादुर वाइवा, बुद्धि बहादुर पाख्रिन, अरुण गोले र राजेन्द्र लामालाई पक्राउ गरिएको छ । पक्राउ परेका व्यक्तिहरूमाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। उनीहरूलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय पालुङ, मकवानपुरमा बुझाइएको प्रहरी स्रोतले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*