मकवानपुरबाट ८० किलो लागू औषध गाजासहित दुई जना पक्राउ

जनपत्र
१९ जेष्ठ २०८२, आईतवार १८:२५

मकवानपुर/ मकवानपुरको थाहा नगरपालिका–३ स्थित त्रिभुवन राजपथ सडकखण्डमा लागू औषध ओसारपसार भइहेको विशेष सूचनाको आधारमा प्रहरीद्वारा ठूलो परिमाणमा गाजा बरामद गरिएको छ।

इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको टोलीले शुक्रबार राति १:३० बजे डाँडाबासबाट काठमाडौँतर्फ जाँदै गरेको बा.५.च. ४४११ नम्बरको टाटा सुमो गाडीलाई थानाबजार नजिकै रोकी जाँच गर्दा गाडी भित्र लुकाई छिपाई ल्याइएको अवस्थामा ८० किलो १२० ग्राम लागू औषध (गांजा) फेला पारेको हो।

प्रहरीका अनुसार गाडीका चालक गोरखा पालुङटार नगरपालिका–१० मिरकोट स्थायी घर भई हाल काठमाडौं कालिमाटी बसोबास गर्ने २८ वर्षीय मधुसूदन अधिकारी र सवारीमा सवार सिन्धुली दुधौली नगरपालिका–८ खोरभञ्ज्याङ स्थायी घर भई हाल काठमाडौं डल्लु बसोबास गर्ने २५ वर्षीय नवराज खड्कालाई पक्राउ गरिएको छ।

उनीहरूलाई आवश्यक अनुसन्धानका लागि मकवानपुर जिल्ला अदालतबाट लागू औषधसम्बन्धी कसुरमा १० दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*