बागमती प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरु प्रती सत्तारुढ दलहरुकै सांसदहरुको गुनासो

हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरु प्रती सत्तारुढ दलहरुकै सांसदहरुको निकै गुनासो गर्न थालेका छन् । सरकारमा गएपछी मुख्यमन्त्री र मन्त्रीहरुले पार्टीमा र पार्टीकै सांसदहरुलाई वेवास्ता गरेर काम गरिरहेको उनीहरुको गुनासो छ ।
सरकारका मुख्यमन्त्री र मन्त्रीहरुले चालु आर्थिक वषर््मा मात्र लाखौका महगा गाडी खरिद गर्ने, सुविधाका सामान धेरै खरिद गर्ने तर, विपदमा परेका नागरिकका समस्यामा सरकारको उपस्थिती देखाउन नसकेको नेकपा एमालेका बामगती प्रदेशका एक सांसदले गुनासो गरे ।
अहिलेका मुख्यमन्त्री र मन्त्रीहरु सधै स्थायी रुपमानै अहिलेको पदमा बस्न पाइन्छ भन्ने सोचका साथ काम गरेको बताउँदै ती सांसदले भने–‘पद अस्थायी चिज हो । अहिले सरकारमा गएर रवाफ देखाएपनि पछी हामी जस्तै अवस्थामा बस्नुपर्ने हुन्छ । त्यसैले सुविधमा रमाउने भन्दा पनि जनताको सेवा गर्नुपर्छ ।’
बिशेषगरी प्रदेशका मुख्यमन्त्री, आर्थिक मामिला मन्त्री, भौतिक पूर्वाधार मन्त्री र अरु मन्त्रीहरु प्रदेशभरीका जनताको मन्त्री भएकाले आफ्ना निर्वाचन क्षेत्रको मात्र मन्त्री भन्ने मानसिकता त्यागरेर काम गर्नका लागि प्रदेशका सांसदहरुको सुझाब रहेको छ । मन्त्री प्रदेशको भन्ने तर, आफ्ना निर्वाचन क्षेत्रमा बजेट हाल्ने र सरकारमा रहेका सांसदहरु पनि जनप्रतिनिध भएकाले उनीहरु प्रति पनि जनताको अपेक्षा रहन्छ भन्ने कुरा नबुझ्ने परिपाटी रहेको नेपाली कांग्रेसका सांसदले बताए ।
अहिले यस प्रदेशका सबै मन्त्रीहरु योजनाबद्ध ढंगले बजेट बनाउने भन्दा पनि कसैको दवाव र प्रभावमा बजेट बनाउन लागेको प्रति सत्तारुढ दलका सांसदहरुले गुनासो पोखेका छन् । आवस्यक्ता र मागका आधारमा बजेट निर्माण गर्नु भन्दा पनि स्वार्थ र पहुँचलाई केन्द्रीत भएर बजेट बनाउँदा नराम्रो परिणाम निस्कने सांसदहरुको भनाई छ ।
अहिले प्रदेश सरकारका मन्त्रीहरु बजेट बनाउने तरखरमा लागेकाले बजेट आफ्ना पक्षमा पार्नका लागि बिचौलियाहरु निकै सल्बलाएका छन् । आवस्यक्ताका आधारमा बजेट हाल्ने, योजना बैक मार्फत बजेट हाल्ने भन्दा पनि बिचौलियाको सेटिङमा बजेट पार्नका लागिपरेको एमालेका एक सांसदले बताए । यता मन्त्रीहरुले भने आफुहरुले प्रदेशका जनताको समग्र हितका निम्ती काम गरिरहेको बताएका छन् ।