मदन भण्डारी फाउन्डेसन मकवानपुरको नयाँ कार्यसमितिको शपथ, तीन दिवसीय कार्यक्रमको घोषणा
हेटौंडा । मदन भण्डारी फाउन्डेसन जिल्ला शाखा मकवानपुरको नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ।
मदन भण्डारी फाउन्डेसनका संस्थापक केन्द्रीय सदस्य तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल प्रमुख अतिथिको रूपमा उपस्थित रहनुभएको उक्त कार्यक्रममा जिल्ला शाखा अध्यक्ष रघुनाथ खुलालले सभाध्यक्षको भूमिका निर्वाह गर्नुभएको थियो।
कार्यक्रममा उपस्थित अतिथिहरूले नवनिर्वाचित नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै फाउन्डेसनको भूमिकालाई अझ प्रभावकारी बनाउन विभिन्न सुझावहरू प्रस्तुत गरे।
सोही अवसरमा बसेको कार्यसमितिको प्रथम बैठकले ३३औं मदन–आश्रित स्मृति दिवसको अवसरमा तीन दिवसीय कार्यक्रम आयोजना गर्ने निर्णय गरेको फाउन्डेसनका सचिव कुमार केसीले जानकारी दिनुभयो। उक्त कार्यक्रम अन्तर्गत जेठ १ गते ( दिव्य सेवा निकेतनमा खाद्यान्न वितरण गर्ने,जेठ २ गते गणतन्त्रमा जबज र समाजवादू विषयक गोष्ठी आयोजना गर्ने ,जेठ ३ गते दिव्य बाल उद्यान, हेटौंडा(९ मा श्रद्धाञ्जली सभा आयोजना गर्ने सचिव केसीले बताउनु भयो ।
मदन भण्डारी फाउन्डेसनले समाजमा सामाजिक सेवा, राष्ट्रप्रेम र वैचारिक स्पष्टताका आधारमा युवा पुस्तालाई प्रेरित गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरू निरन्तर गर्दै आएको जनाएको छ। यस ऐतिहासिक अवसरले फाउन्डेसनको भावी कार्यदिशा स्पष्ट गर्दै समाजमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।







