मकवानपुर क्याम्पसमा प्रसिद्ध रेग्मीको प्यानललाई पुष्कर घिमिरेको समर्थन

जनपत्र
३ चैत्र २०८१, सोमबार २०:०३

हेटौंडा । मकवानपुर बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा सभापतिका स्वतन्त्र उम्मेदवार पुष्कर घिमिरे प्रभाषले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन् ।

आज सोमबार पत्रकार सम्मेलनमार्फत घिमिरेले भोलि ५ चैत मंगलबार हुने स्ववियु ९स्वतन्त्र विद्यार्थी युनियन० निर्वाचनमा अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानलका सभापति उम्मेदवार प्रसिद्ध रेग्मी र उनको प्यानललाई समर्थनसहित सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । उनले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणासँगै अनेरास्ववियु र नेविसंघको प्रसिद्ध रेग्मी नेतृत्वको संयुक्त प्यानललाई मतदान गरेर जिताउन सबै विद्यार्थी माझ अनुरोध पनि गरे ।

ञमेरो स्वतन्त्र उम्मेदवारी रहेकोमा सो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु, स्ववियु भनेकै अनेरास्ववियु हो ।अब प्रसिद्ध रेग्मीको प्यानललाई सहयोग गर्न सबै विद्यार्थी साथीहरुमा अपिल गर्दछु ।झ उनले पत्रकार सम्मेलनमा भने ।

मकवानपुर बहुमुखी क्याम्पसका दुई ठूला संगठन अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानल बनेपछि रेग्मी नेतृत्वको टिमको जित सुनिश्चित भएको दुई संगठनका नेताहरूले दाबी गरेका छन् । आइतबार मात्रै अखिल ९क्रान्तिकारी० नेतृत्वको प्यानलमा उम्मेद्वार बनेका दुई जनाले अनेरास्ववियु र नेविसंघको टिमलाई समर्थन गरेका थिए । मकवानपुर बहुमुखी क्याम्पसमा झण्डै २८ सय विद्यार्थीले स्ववियु निर्वाचनमा मतदान गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*