हेटौंडामा खानेपानी धाराको मिटर चोरी गर्ने युवक पक्राउ

जनपत्र
२३ फाल्गुन २०८१, शुक्रबार १९:१२

हेटौंडा । खानेपानीको मिटर चोरी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।हेटौंडा उपमहानगरपालिका–२ वनस्खण्डी बस्ने २१ वर्षीय सुरेश कुमाललाई चोरिएको मिटरसहित प्रहरीले पक्राउ गरेको हो ।

हेटौंडा–४ भुवनसिंहपथस्थित यमबहादुर लामिछानेको घरमा जडान गरेको खानेपानी धाराको मिटर बिहीबार राति चोरी भएको थियो । मिटर लिएर सडकमा हिँडिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता श्यामु अर्यालले बताए ।

कुमाललाई थप अनुसन्धानका लागि जिल्ला अदालत मकवानपुरबाट ७ दिनको म्याद थप गरिएको छ। हेटौंडामा तीन महिनादेखि खानेपानीको मिटरको चोरीका घटना बढेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*