हेटौंडा र मनहरीका ७४ प्राबिधिलाई तालिम

जनपत्र
९ पुष २०८१, मंगलवार १८:१२

हेटौंडा– लघु साना तथा मध्यम उद्यमीका लागि उर्जा प्रभाबकारी डिजाइन सम्बन्धी हेटौंडामा ७४ जना प्राबिधीकलाई तालिम दिइएको छ ।

हेटौंडा उपमहानगरपालिकासँगको साझेदारीका बिल्डिङ इनर्जि इफिसेन्सी (बिन) परियोजनाले यहाँका दुई वटा पालिकामा रहेका भवन डिजाइन सम्बन्धी काम गरीरहेका प्राबिधीकहरुलाई तालिम दिएको हो । हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकामा रहेका काम गर्ने र सरकारी निकायमा सुचिकृत कल्सन्टेण्ठका भवन डिजाइन गर्ने प्राबिधीकहरुलाई ३ दिने तालिम दिइएको हो ।

तालिममा कसरी भवनलाई जोखिम मुक्त बनाउँन सकिन्छ, कम लगानीमा व्यवस्थित भवन निर्माणका बारेमा प्राबिक तथा बित्तीय स्थाहरुले कसरी घरको मुल्याङकन गर्छन भन्ने बारेमा ध्यान दिँदै तालिम प्रदान गरीएको बिन हेटौंडाका प्रमुख अस्मिता श्रेष्ठले बताइन् । तालिममा संगिता थापा, दिवस अधिकारी, सचिन, र अस्मिताले प्रशिक्षण दिएका थिए ।

तालिममा सहभागिलाई हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले प्रमाण पत्र हस्तान्तरण गरेकी थिइन् । बिन परियोजनाका अध्यक्ष बिद्या आचार्यको अध्यक्षतामा भएको समापन कार्यक्रममा हेटौंडा–२ का अध्यक्ष बिष्णुगोपाल महर्जन, उपमहानगरपालिका नक्सा शाखाका प्रमुख उद्धब रिमाल लगाएतको आतिथ्यता रहेको थियो । बिनले नेपालका बिभिन्न ११ वटा पालिकामा सुरक्षित र उर्जा प्रभाबकारी डिजाइन सम्बन्धी काम गरीरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*