दशैमा हेटौंडा आउने यात्रुसंग दोब्बर भाडा असुल्दै टाटासुमो

जनपत्र
२४ आश्विन २०८१, बिहीबार ०८:३३

हेटौंडा । काठमाण्डौंबाट छोटो दुरीको मार्ग भएर दशैमा मकवानपुर लगायत तराइका जिल्लामा आउने यात्रुसंग टाटासुमोहरुले दोब्बर भाडा असुली गर्न गरेका छन् । दशैको घटस्थापना सुरु भएदेखिनै सुमोहरुको ठगि सुरु भएको हो ।

बागमती प्रदेश राजधानी जोड्ने छोटो दुरीका हेटौंडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौँ सडक, कुलेखानी–फाखेल–हुमानेभन्ज्याङ्ग–काठमाडौ, कुलेखानी–महालक्ष्मी–चखेल–मातातिर्थ–काठमाडौंको सडकबाट सुमोहरु ओदोर दोहोर गर्न थालेपछी प्रत्यक यात्रुहरुसंग बढी भाडा असुली गरिएको छ । बाडी र पहिरोका कारण यी सडकहरु नौ दिन सम्म बन्द हुँदा चित्लाङ चन्द्रागिरी सडकबाट यात्रुओहोर दोहोर गर्दा पनि यही नियती भोग्नुपरेको थियो । तर, अहिले हेटौंडा आउने यात्रुहरुको चाप निकै छ तर, सुमोको ठगि पनि उस्तै छ ।

बढी भाडा असुल गरेको विषयमा प्रहरीमा अहिले समम कुनै पनि गुनासो नआएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताए ।
काठमाण्डौंबाट हेटौंडा आउन टाटा सुमोको भाडा ६५० रुपैयाँ एक जना यात्रुको भएपनि सुमोहरुले भने १४ सय रुपैयाँ सम्म असुली गरेको याुत्रहरुले गुनासो गरेका छन् । काठमाण्डौंबाट हेटौंडा आउने क्रममा टाटासुमोको कृतिम अभाव सृजना गरेर ठगि गरेको हेटौंडा–५ का सुवास सापकोटा बताउँछन् ।

टाटासुमोहरुले धेरै रकम असुली गरेको गुनासो जताततै आउने गरेको छ । काठमाण्डौंबाट हेटौंडा सम्म सुमो आइपुग्दा आधा दर्जन प्रहरी चेकपोष्ट पनि छन् । सडकमा प्रहरी तैनाथ छन् । तर, सुमोले यात्रुलाई मौका छोपेर गरिएको ठगि हरेक वर्ष जस्तै यसवर्ष पनि रोकिएको छैन ।

दशैका लागि हेटौंडा ओलर्ने यात्रुसंग दोब्बर भाडा असुली गर्दा पनि काठमाण्डौं र मकवानपुरको प्रशासन र प्रहरीले कुनै कार्बाही गरेको छैन । हाल सम्म यात्रुहरुको सुमोले गरेको ठगिका विषयमा गुनासो नआएको र अहिले काठमाण्डौंबाट यात्रु आउने हुनाले उतैबाट यसमा कार्बाही हुनुपर्ने डिएसपी अर्यालले बताए ।

काठमाण्डौबाट हेटौंडा आउँदा नारायणी यातायाता व्यावसायी संघ लगायतका सबै सुमोहरुले एक हजार रुपैयाँ देखि १४ सय रुपैयाँ सम्म असुली गरेका हुन् । भीमफेदी, कुलेखानी रुटमा चल्ने एक दर्जन सुमो कम्पनिहरुले यात्रु ठगिगरिरहेका हुन् ।

पहिले टाटासुमो छैन भन्ने पछी यात्रुसंग तोकिएको भन्दा दोब्बर भाडा लिने गरेको यात्रुहरु वताउँछन् । काठमाण्डौंबाट हेटौंडा आउने यात्रुहरुसंग पनि प्रत्यक टाटासुमोले यात्रु ठगी गरिरहेका छन् । यात्रुलाई टिकट भने ६ सय ५० रुपैयाँको थमाउने गरिएको छ । धेरैले त टिकट समेत दिने गरेका छैनन ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*