हेटौंडा उपमहानगरपालिकाको कर बृद्धि घटाउन माग गर्दै उद्योगि, व्यावसायी चरणबद्ध आन्दोलनमा
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा कर बृद्धी गरेको विरोधमा मकवानपुर उद्योग बाणिज्यसंघले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । कर बृद्धीको विरोधमा उद्योग बाणिज्यसंघले आज पत्रकार सम्मेलन गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
अस्वभाविक रुपमा उपमहानगरपालिकाले कर बृद्धी गरेपछी बाध्य भएर आन्दोलनका कार्यक्रम गर्नु परेको मकवानपुर उद्योग बाणिज्यसंघका अध्यक्ष कृष्ण गुप्ता अग्रवालले बताए ।
आन्दोलनका लागि विभिन्न आन्दोलनका कार्यक्रम अनुसार उपमहानगरपालिकामा धर्ना दिने देखि चाबी हस्तान्तरण गर्ने सम्मका कार्यक्रम गरिने मकवानपुर उद्योग बाणिज्यसंघका उपाध्यक्ष उज्वल चौलागाईंले वताए ।
मकवानपुर उद्योग बाणिज्यसंघको आन्दोलनको कार्यक्रमहरु यस प्रकार रहेका छन् ।









