मकवानपुरका सांसद महेश बर्तौला एमालेको केन्द्रीय सदस्य, मेहनती भएकाले लगातार बढुवा

जनपत्र
१७ श्रावण २०८१, बिहीबार २०:०२

हेटौंडा । मकवानपुरका सांसद महेश बर्तौला एमालेको केन्द्रीय सदस्यमा मनोनीत भएका छन् । पार्टीको काममा दिनरात नभनीकन खटिने र मेहनती भएकाले बतौंलाको लगातार बढुवा हुँदै आएको छ ।

एमाले अध्यक्ष केपी ओलीको बिश्वास पात्र समेत भएको र पार्टी र संसदका काम अनी आफ्नो निर्वाचन क्षेत्रका जनताको समस्यामा सधै हातेमालो गर्दै आएका बर्तौला अब एमालेको केन्द्रीय सदस्यमा मनोनित भएका हुन् ।

बिहीबार बसेको सचिवालय सदस्य बैठकले १७ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गर्दा बर्तौलालाई पनि केन्द्रीय सदस्य बनाएको हो ।  यसअघि बर्तौलालाई संसदीय जिम्मेवारी दिँदा एमालेले सचेतक हुँदै प्रमुख सचेतक बनाएको थियो । हाल उनी सत्तारुढ दलको तर्फबाट मुख्य सचेतक समेत रहेका छन् ।

मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित बर्तौलाले नेकपा एकीकृत समाजवादीका प्रभावशाली नेता विरोध खतिवडालाई पराजित गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*