मकवानपुरको बागमती गाउँपालिकामा अनियमितता, ५० लाखको सामाग्री सोझै खरिद
हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकामा बिभीन्न सामाग्री खरिदमा अनियमितता भएको पाइएको छ । टेण्डर मार्फत खरिद गर्नुपर्ने कार्यालयका सामानहरु कर्मचारी र जनप्रतिनिधिको मिलेमतोमा सोझै खरिद गरिएको छ ।
बिभीन्न सप्लायर्ष मार्फत बजार मुल्य भन्दा धेरै मुल्य तिरेर सामाग्री खरिद गरिएको पाइएको हो । सोझै सामाग्री खरिद गरेकोमा महालेखा परिक्षकको कार्यालयले पनि आपत्ति जनाएको छ । १० लाख भन्दा बडी मुल्यका सामान खरिद गर्दा टेण्डर गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ । तर, ५० लाख २५ हजार १०४ रुपैयाँको बिभीन्न सामाग्री सोभै खरिद गरेको महालेखा परिक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।
आर्थिक वर्ष २०७९–०८० मा कार्यालयका लागि चाहिने सामान सोझै खरिद गरेको हो । कार्यालयका लागि आवस्यक सामाग्री बिभीन्न समयमा कोटेसन मार्फत खरिद गरिएको र महालेखाले एकमुष्ट रुपमा देखाएको बागमती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत झम्कनारायण घलानले जनपत्रलाई बताए ।
सोझै खरिद गरिउका सामाग्री र महालेखा परिक्षकको कार्यालयले औल्याएका विषय यस प्रकार रहेको छ ।









