कुकुर पाल्नुकाे धार्मिक तथा पौराणिक महत्व
कुकुर एक रहस्यमयी प्राणी हो। कुकुर जुन घरमा हुन्छ कि त त्यो घर घर बर्बाद हुन जान्छ कि त त्यो घरको प्रगति दिन दुुगुना रात चौगुना हुने गर्छ। भेडा प्रजातिको कुकुरहरूमा सबभन्दा श्रेष्ठ कालो र कालो एवं सेतो रंग मिश्रित कुकुर अत्यन्त फलदायक मानिन्छ। कुकुर पालन सम्बन्धमा धर्मले केही भन्दैन तर ज्योतिषशास्त्रमा कुकुर पाल्ने र त्यसको सेवा गर्ने कुरा उल्लेख गरिएको पाइन्छ।
लाल किताबका अनुसार कुकुर भनेको केतु शुभ होस् भन्ने हेतुले पाल्ने गरिन्छ । तर यसो भनेर कुकुर पाल्नेबित्तिकै केतु शुभ भइहाल्ने होइन कुण्डलीको विश्लेषण गरेपछि मात्र ज्योतिषीको सिफारिसमा कुकुर पाल्ने सल्लाह दिइन्छ।
कुकुर पाल्नु खतरनाक पनि हुन सक्छ र फाइदाजनक पनि हुन सक्छ । त्यसैले कुकुर पाल्नुभन्दा पहिला कुनै ज्योतिष वा लाल किताबका विशेषज्ञसँग आवश्यक सल्लाह अनिवार्य मानिएको छ। कुकुरले राजाबाट रंक र रंकबाट राजा बनाइदिन सक्छ भन्ने ज्योतिषीय मत रहेको छ ।
इस्लाम धर्मका अनुसार जुन घरमा कुकुर हुन्छ त्यस घरमा फरिश्ता (देवदूत) हरू आउँदैनन्- सहिह मुस्लिम हदिस नं २१०६०। हिन्दू धर्मका पुराणहरूमा कुकुरलाई यमराजको द्वारपाल मानिन्छ। ऋग्वेदको एक स्थानमा जघन्य शब्द निकाल्ने श्वानहरूको उल्लेख गरिएको पाइन्छ, जुन विनाशको सन्दर्भमा प्रयुक्त भएको छ।
भैरवको सेवक स् कुकुरलाई हिन्दू देवता भैरव महाराजको सेवक मानिएको छ। कुकुरलाई भोजन दिनाले भैरव महाराज प्रसन्न हुन्छन् र सबै प्रकारका आकस्मिक संकटबाट उनी भक्तको रक्षा गर्दछन्। मान्यता के छ भने कुकुरलाई प्रसन्न राख्नाले त्यसले तपाईको वरिपरि यमदूतलाई पनि ढिम्कन दिँदैन। कुकुरलाई देखेर सबै प्रकारका दुष्ट आत्माहरू टाढा भाग्दछन् ।
कुकुरको योग्यता स् वास्तवमा कुकुर एक यस्तो प्राणी हो जसले भविष्यमा हुने घटनाहरू र इथर माध्यम ९सूक्ष्म जगत० का आत्माहरूलाई देख्ने क्षमता राख्दछ। कुकुरले कयौँ किलोमिटर टाढासम्मको गन्ध सूँघ्न सक्छ। त्यसैले कुकुरलाई हिन्दू धर्ममा एक रहस्यमय प्राणी मानिएको छ।
मानिसहरू कुकुर किन पाल्दछन् स् कुकुर एक वफादार प्राणी हो, जसले हरेक किसिमका खतराबाट पहिले नै अन्दाज लगाउन सक्छ। प्राचीन र मध्यकालमा पहिले मानिसहरू कुकुर आफूसँग किन राख्थे भने उनीहरू कुकुरबाट जंगली जानवर, लुटेरा र भूतादिबाट सुरक्षा हुन्छ। बंजारा जाति र आदिवासीहरूले कुकुर पाल्नाको कारण के हो भने उनीहरूलार्इ कुकुरले सबै किसिमका खतराबाट पहिले नै सतर्क हुन पाउन्। भारतमा जंगलमा बस्ने साधु-सन्त पनि कुकुर पाल्दथे । यसको कारण के हो भने कुकुरले उनीहरूलाई कुनै पनि खतराको पूर्व सूचना दिन्थ्यो। अचेलभरि मानिसहरू घरमा कुकुर किन पाल्छन् भने कुकुरले उनीहरूको घरलाई चोर आदिबाट रक्षा गरोस्।
शनि र केतु का उपाय स् कुकुरलाई हाम्रा धर्म ग्रन्थहरूका अलावा ज्योतिषशास्त्रमा पनि एक महत्वपूर्ण पशुका रूपमा लिइएको छ । कालो कुकुर जुन ठाउँमा बस्दछ त्यहाँ नकारात्मक उर्जा टिक्न सक्दैन । त्यही कारणले कालो कुकुरमा एकै पटक दुई शक्तिशाली ग्रह शनि र केतुको प्रभाव हुन्छ।
शनिलाई प्रसन्न पार्नका लागि बताइएका विशेष उपायहरूमध्ये एक उपाय हो घरमा कालो कुकुर पाल्नु। जुन मानिसहरू कुकुरलाई खाना खुवाउँछन् उनीहरूसँग शनिदेव अत्यन्त प्रसन्न हुन्छन् । कुकुरलाई तेलमा पकाइएको रोटी खुवाउनाले शनिका साथसाथै राहु-केतुसँग सम्बन्धित दोषहरूको पनि निवारण हुन जान्छ। राहु(केतुको योग कालसर्प योगसँग पीडित व्यक्तिहरूलाई यो विशेष लाभदायक छ।
सन्तान सुख हेतु स् यस सम्बन्धमा लाल किताबमा के उल्लेख गरिएको छ भने सन्तान सुखमा बाधा आएमा कालो कुकुर अथवा कालो र सेतो कुकुर पाल्नुपर्छ। यसबाट सन्तान सुख प्राप्त हुन्छ। यो उपाय सन्तानको स्वास्थ्यका लागि पनि फलदायी मानिन्छ।
भाग्य चम्काइदिने कुकुर स् कुकुर कालो वा कालो-सेतो मिश्रित रंगको हुनुपर्छ तर के कुरामा विशेष ध्यान दिनुपर्छ भने त्यस कुकुरका नङहरूको संख्या २२ वा सो भन्दा बढी हुनुपर्छ किनभने त्यति संख्यामा नङ हुने कुकुरलाई केतुको रूप मानिन्छ। यस्तो कुकुरले नै तपाईको भाग्य चम्काइदिन सक्छ। शकुन शास्त्रमा कुकुरलाई शकुन रत्न मानिन्छ छ किनभने कुकुर मानिसभन्दा पनि ज्यादा वफादार, भविष्य वक्ता र आफ्ना क्रियाकलापहरूका माध्यमबाट शुभ-अशुभका बारेमा जानकारी गराउने प्राणी हो।
कालो कुकुर पाल्नाले तपार्इंको रोकिएका पैसा फिर्ता हुन थाल्छन्। अचानक आइपर्ने संकटबाट मुक्ति मिल्दछ। आर्थिक संकट दूर हुन थाल्छ। पेटका रोगहरू, जोर्नीका दुखाइ र अन्य रोगहरूबाट पनि छुटकारा पाइन्छ। प्रेत बाधाबाट मुक्ति पाउनका लागि पनि कालो कुकुर पाल्नुपर्छ । बिजनेस र कार्यक्षेत्रमा सफलता र उन्नतिका लागि पनि कालो कुकुर वरदान सिद्ध हुन्छ।
कुकुरसँग जोडिएका शकुन-अपशकुन :
–कुकुर भुक्नु र रूनुलाई अपशकुन मानिन्छ। कुकुर भुक्नुका धेरै कारणहरू हुन सक्छन् भने कुकुर रूनाका पनि धेरै कारणहरू हुन्छन्, तर अधिकांश मानिसहरू कुकुर भुक्नु र रूनुलाई नकारात्मक अर्थमा नै लिन्छन्।
–अपशकुन –शास्त्रका अनुसार कुकुरले घरको चारैतिर घुम्दै क्रन्दन गर्नु अपशकुन वा अद्भुत घटना हो र यसलाई इन्द्रसँग सम्बन्धित भय मानिएको छ।
–सूत्र-ग्रन्थहरूमा पनि श्वान वा कुकुरलाई अपवित्र मानिएको छ। यसको स्पर्श र दृष्टिपात बाट भोजन अपवित्र हुन्छ। यस धारणाको कारण श्वानको यमसँग सम्बन्धित हुनु हो।
शुभ कार्यको समयमा यदि कुकुरले बाटो छेक्दछ भने विषमता तथा अनिश्चय प्रकट हुन जान्छ।
–कुकुरलाई प्रतिदिन भोजन दिनाले एकाति दुश्मनहरूको भय हुँदैन भने अर्कातिर व्यक्ति निडर हुन्छ।
–अन्तमा कुकुरका बारेमा एउटा अर्को कुरा‘ त्यो के भने कुकुर पाल्नाले लक्ष्मी प्राप्ति हुन्छिन् । त्यसै गरी कुकुरले घरको रोगी सदस्यको रोग पनि आफ्नो काँधमाथि लिन्छ।
–यदि सन्तान प्राप्ति भएको छैन भने कालो कुकुर पाल्नाले सन्तान प्राप्ति हुनेछ।
–ज्योतिषीका अनुसार केतुको प्रतीक हो कुकुर। कुकुर पाल्ने वा कुकुरको सेवा गर्नाले केतुको अशुभ प्रभाव समाप्त हुनेछ। पितृ पक्षमा कुकुरलाई गुलियो रोटी खुवाउनुपर्ने शास्त्रीय मान्यता रहेको छ ।
विभिन्न स्रोतको अध्ययनबाट ।







