मकवानपुरमा ट्रकबाट १७५ किलो गाँजा बरामद, एक जना पक्राउ

जनपत्र
१४ असार २०८१, बिहीबार १२:२७

हेटौंडा / मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं.१ सामरी पुल नजिकैबाट लागुऔषध गाँजा सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका वडा नं.४ बस्ने बर्ष ५१ को पुर्ण बहादुर रुम्बा रहेका छन् ।

बा.३ ख ४६१ नम्बरको मिनी ट्रकमा गाँजा लुकाई छिपाई ल्याएको छ भन्ने बिशेष सुचनाको आधारमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले ट्रक र ट्रक चालक रुम्बालाई नियन्त्रणमा लिएको हो ।

ट्रकलाई चेकजाँच गर्दा ट्रकको पछाडी पट्टी मुनी फल्स बटम बनाई लुकाई छिपाई राखेको अबस्थामा गाँजा १७५ किलो बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सो बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*