सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढ्यो

जनपत्र
११ असार २०८१, सोमबार १३:२७

काठमाण्डौ – सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेको छ । तोलामा तीन सय रुपैयाँले बढेको सुनको भाउ आज एक लाख ४२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो एकैदिन तोलामा दुई हजार सात सय रुपैयाँले घटेर सुन तोलाको एक लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीकाे भाउ पनि बढेकाे छ । चाँदी पाँच रुपैयाँले बढेर तोलाको एक हजार आठ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*