बागमतीमा सडक निर्माणमा ७ अर्ब ७८ करोड बजेट, प्लास्टिकरहित बनाउने घोषणा
हेटौंडा । बागमती प्रदेश सरकारले सडक निर्माणका लागि मात्र ७ अर्ब ७८ करोड रुपैयाँ विनियोजन गरेको छ ।
शनिबार प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८१/८२ बो बजेट प्रस्तुत गर्दै आर्थिक मामिमलामन्त्री जगन्नाथ थपलियाले प्रदेश सडक यातायात गुरुयोजना बनाएर काम गर्न ७ अर्ब ७८ करोड बजेट विनियोजन गरेको जानकारी दिए ।
गुरुयोजनामा प्रदेश लोकमार्गमा २० वटा र प्रदेश मार्गमा २३० वटा सडक राखिए छ । बागमती प्रदेशभित्र पहिलो पटक गुरूयोजना बनाएर सडक निमार्ण, मर्मतसम्भारमा बजेट बिनियोजन गरिएको भौतिक पूर्वाधारमन्त्री युवराज दुलालले जानकारी दिए ।
संघीय सरकारसँगकाे समन्वयमा प्रादेशिक सडककाे निर्धारण गरेर गुरूयाेजना बनाइएकाे मन्त्री दुलालले बताए । बागमती सरकारले सडक, पुल र झाेलुङ्गे पुलका लागि २ अर्ब २८ कराेड रुपैयाँ विनियोजन गरेको छ ।
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बागमती प्रदेशलाई प्लास्टिकरहित बनाउनका लागि १ करोड ६१ लाख रुपैयाँ विनियोजन गरेको छ । बागमती सरकारले प्रदेशलाई वातावरण मैत्री बनाउने र प्लास्टिकको प्रयोग रोक्न डेढ करोड रुपैयाँभन्दा बढी रकम विनियोजन गरेको हो ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै वातावरण मैत्री वातावरण निर्माणका लागि रकम विनियोजन गरेको बताएका हुन् । यस्तै वातावरण सम्मेलन गर्ने, प्रमुख सहरका राजमार्ग र सडक छेउछाउमा वृक्षारोपण लगायतका योजना अघि सारिएको छ ।
यस्तै उच्च तापक्रम तथा जलवायु परिवर्तनका कारण तराईका खानेपानी मुहान सुक्ने जोखिम रोक्न चितवनका विभिन्न स्थानमा जलाधार संरक्षण गर्न आवश्यक रकम विनियोजन भएको मन्त्री थपलियाले बताए । उनले वन तथा वातावरण मन्त्रालयका लागि आगामी आर्थिक वर्षका लागि ३ अर्ब २१ करोड विनियोजन गरेको घोषणा गरे ।







