बागमतीमा स्थानीय तहलाई ८ अर्ब ३७ करोड रुपैयाँ वित्तीय हस्तान्तरण गर्न प्रस्ताव

बागमतीमा चालक अनुमति पत्र छपाइका लागि ९३ करोड विनियोजन
जनपत्र
२ असार २०८१, शनिबार १९:३५

हेटौँडा । बागमती प्रदेश सरकारले स्थानीय तहलाई ८ अर्ब ३७ करोड रुपैयाँ वित्तीय हस्तान्तरण गर्ने प्रस्ताव गरेको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले राष्ट्रिय वित्त आयोगको सिफारिसमा स्थानीय तहलाई वितरण हुने विभिन्न अनुदान अन्तर्गत सो रकम विनियोजन गरिएको बताए ।

उनकाअनुसार प्रदेश सरकारले समानीकरण अनुदान तर्फ १ अर्ब ६६ करोड रुपैयाँ, सशर्त अनुदानतर्फ ३ अर्ब ४३ करोड रुपैयाँ, समपूरक अनुदानतर्फ २ अर्ब ४८ करोड रुपैयाँ, विशेष अनुदानतर्फ ७९ करोड ३८ लाख रुपैयाँ विनियोजन गर्ने प्रस्ताव गरिएको छ ।

प्रदेश सरकारले सवारी करको बाँडफाँडबाट ११९ वटा स्थानीय तहबाट ५ अर्ब उपलब्ध हुने अनुमान गरिएको छ ।

बागमती प्रदेशमा सवारी चालक अनुमति पत्र छपाइको लागि बजेट विनियोजन गरिएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटमा संघीय सरकारसँगको समन्वयमा सवारी चालक अनुमति पत्र छपाईका लागि मेसिन खरिद तथा छपाई र वितरणका लागि आवश्यक बजेट विनियोजन गरिएको आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले बताए ।

स्थानीय तहको समन्वयमा रोजगारी फण्डको व्यवस्था गरिने उनले बताए । श्रम रोजगार तथा यातायात मन्त्रालयका लागि ९३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*