सुनको भाउ स्थिर
काठमाडौं । आइतबार तोलाको ४ हजार रुपैयाँले घटेको सुनको भाउ सोमबार स्थिर छ । शनिबार अन्तर्राष्ट्रिय बजारमा गिरावटसँगै आइतबार एकैदिन ४ हजार घटेको थियो ।
तर, आइतबार अन्तर्राष्ट्रिय बजारमा बन्द हुने सुन कारोबारले सोमबार नेपाली बजारमा आइतबारकै मूल्यमा सुन कारोबार भइरहेको छ ।
सोमबार छापावाला सुन तोलाको १ लाख ४१ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।







