कर्णालीकाे झाेलुङ्गे पुलकाे लट्ठा चुँडिदा पुलमै फसेका खच्चरकाे उद्धार गरिँदै
काठमाण्डाै – दैलेख र अछाम जिल्ला जाेड्ने कर्णाली नदीमाथिकाे झाेलुङ्गे पिङकाे लट्ठा चुँडिदा १३ वटा खच्चर पुलमै फसेका छन् ।
अछामबाट दैलेखका लागि दैनिक उपभाेग्य सामग्री बाेकेका खच्चर आज बिहान झाेलुङ्गे पिङकाे एकतर्फकाे लट्ठा चुँडिदा पुलमै फसेका जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष पाठकले जानकारी दिनुभयो । पुलकाे लट्ठा चुँडिदा अहिले आउजाउ पनि बन्द भएकाे छ ।
अहिले दुवै जिल्लाका प्रहरी, सशस्त्र प्रहरीलगायतकाे टाेलीले खच्चर उद्धार गर्न थालेकाे छ । पुलबाट उद्धार सम्भव नभएपछि तार काटेर खच्चरलाई नदीमा फसाल्न थालिएकाे प्रहरीले जनाएकाे छ ।
याे पुलले अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ९ र दैलेखको आठबीस नगरपालिका वडा नम्बर ४ लाई जोड्छ ।






