सुनको भाउ अहिलेसम्मकै उच्च : तोलाको एक लाख ४२ हजार सात सय रुपैयाँ पुग्यो

जनपत्र
२२ जेष्ठ २०८१, मंगलवार १२:३०

काठमाण्डौ – सुनको भाउले आज नयाँ रेकर्ड बनाएको छ । आज सुनको भाउ एक हजार सात सय रुपैयाँले बढेर ताेलाकाे एक लाख ४२ हजार सात सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुनको यो मूल्य अहिलेसम्मकै उच्च हो । हिजो सुनको भाउ तोलाको एक लाख ४१ हजार रुपैयाँ रहेको थियो । यसअघि जेठ १८ गते सुनको मूल्य अहिलेसम्मकै उच्च एक लाख ४२ हजार दुई सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै चाँदीको भाउ पनि आज बढेको छ । चाँदी तोलामा २५ रुपैयाँले बढेर तोलाको एक हजार आठ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*