कांग्रेसले कताकताको निर्देशनमा गठबन्धनमा संकट ल्याउने प्रयास गर्‍यो : लामिछाने

जनपत्र
२५ बैशाख २०८१, मंगलवार १२:५४

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाली कांग्रेसले गठबन्धनमा संकट ल्याउने प्रयास गरिरहेको बताएका छन् ।

रास्वपाको संसदीय दलको बैठकमा मंगलबार समसामयिक विषयमा धारणा राख्ने क्रममा लामिछानेले गठबन्धनमा संकट भने नआएको बताए ।

‘गठबन्धनमा संकट ल्याउने नेपाली कांग्रेसको प्रयास छ । तर आएको छैन,’ गृहमन्त्री समेत रहेका लामिछानेलाई उद्धृत गर्दै सहप्रवक्ता मनीष झाले भने, ‘कांग्रेसले कताकताको निर्देशनमा गठबन्धनमा संकट ल्याउने प्रयास गरिरहेको छ । नेपालको राजनीतिमा त्यो स्वभाविक हो, उनीहरूले जानेकै त्यति हो ।’

समसायिक, बजेट अधिवेशन र उपनिर्वाचन समीक्षाका लागि रास्वपाले संसदीय दलको बैठक बोलाएको थियो । समय अभावका कारणले उपनिर्वाचनको समीक्षा भने गर्न नसकिएको झाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*