२५ वर्षपछि उत्तर प्रदेशको चुनाव क्षेत्रमा गान्धी परिवार बाहिरबाट उम्मेदवार

जनपत्र
२२ बैशाख २०८१, शनिबार १५:०७

काठमाडौं । उत्तर प्रदेशको एक निर्वाचन क्षेत्रले २५ वर्षपछि गान्धी परिवार बाहिरबाट उम्मेदवार पाएको छ ।

सन् १९८० देखि गान्धी परिवारले राज गरिरहेको अमेठीले यस वर्षको लोकसभा निर्वाचनमा गान्धी परिवार बाहिरबाट उम्मेदवार पाएको हो । १९७० र १९९० को दशक छोड्ने हो भने त्यहाँ गान्धी परिवारले नै राज गर्दै आएको छ ।

भारतीय कंग्रेसका नेता राहुल गान्धी त्यस निर्वाचन क्षेत्रबाट तीनपटक सांसद चुनिएका थिए । सन् २०१९ मा भने उनी भाजपाकी स्मृति इरानीसँग पराजित हुन पुगे । त्यस निर्वाचन क्षेत्रबाट गान्धी परिवारका सञ्जय गान्धी सन् १९८० मा सांसद चयन भएका थिए । यस्तै, सन् १९८१ देखि सन् १९९१ गरी एक दशकसम्म राजीव गान्धी त्यहाँका सांसद भए । सन् १९९१ देखि सन् १९९८ सम्म त्यहाँ गान्धी परिवार बाहिरबाट सतिश शर्मा सांसद भएका थिए ।

शर्मापछि सन् १९९९ देखि सन् २००४ सम्म त्यहाँबाट सोनिया गान्धी निर्वाचित भइन् । सन् २००४ देखि सन् २०१९ सम्म त्यहाँबाट राहुल गान्धी उम्मेदवार भए । राहुल गान्धीले राय बरेली निर्वाचन क्षेत्र चयन गरेपछि अमेठीमा कंग्रेसले किशोरीलाल शर्मालाई उठाउने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*