भारतद्धारा नेपालमा ५० हजार घर पुनर्निर्माण

जनपत्र
३१ भाद्र २०७६, मंगलवार ०६:२४

भारत सरकारले नेपालमा ५० हजार घर पुनर्निर्माण गरिरहेको छ। बिसं २०७२ सालको महाभूकम्पले क्षतिग्रस्त गराएका ५० हजार घर पुनर्निर्माण गरिरहेको भारतले बताएको छ। महाभूकम्पको केन्द्रबिन्दु गोरखा र नुवाकोट जिल्लामा भारत सरकारको आर्थिक सहयोगमा ती घरहरु बनेका हुन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई सघाउन पाएकामा खुशीसमेत व्यक्त गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो कार्यकालमा थालेको काम निरन्तरको पुनर्निर्माणपछि भारत सरकारले दोस्रो कार्यकालका समयमा पूरा गर्न लागेको हो। गोर्खामा मात्रै भारत सरकारले २७ हजार घर पुनर्निर्माण गरेको बताएको छ। यो कार्य युएनडीपीको प्राविधिक सहयोगमा भएको हो।

घर बनाउने मिस्त्रीदेखि कामदारलाई विशेष तालिम दिएर भूकम्प प्रतिरोधी घर निर्माण गरिएको हो। स्थानीयले घर राम्रोसंग निर्माण गरेको भन्दै खुशी ब्यक्त गरेका छन्। भारतले तीन वर्षमा सबै घर बनाइसक्ने लक्ष्य लिएकामा १८ महिनामै ८५ प्रतिशत घर पुनर्निर्माण भइसकेको समेत बताएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*