इजरायलमा रहेका नेपालीलाई दूतावासकाे आग्रह– ‘अत्यावश्यक नपरि घरबाहिर ननिस्किनु’

जनपत्र
२ बैशाख २०८१, आईतवार १५:४५

unn.prixa.net

काठमाण्डाै – इजरायलको तेल अभिभमा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपालीहरूलाई अत्यावश्यक नपरि घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ ।

इरानले आज बिहानैदेखि इजरायलमाथि ड्रोन र क्षेप्यास्त्र हमला गरेपछि दूतावासले नेपालीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी भएका अद्यावधिक सूचनाबारेमा जानकार रहन, अत्यावश्यक अवस्थाबाहेक घरबाट बाहिर निनिस्कन तथा सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थल नजिक रहन आग्रह गरेको हो ।

इरानी आक्रमणपछि इजरायली होम फ्रन्ट कमान्डद्वारा सर्वसाधारणका लागि नयाँ निर्देशनका साथै आउँदो सोमवार राति ११ बजेसम्म लागू हुने गरी शैक्षिक क्रियाकलाप बन्द गर्ने र ठूलो स्तरको सभा/भेला नगर्ने निर्देशन जारी भएको दूतावासले जनाएको छ । यस्तै सम्पर्कका लागि दूतावासले फेसबुक पेजमा नम्बर पनि राखेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*