नयाँ वर्षका अवसरमा मकवानपुरका पर्यटकिय क्षेत्रहरुमा भिड

जनपत्र
१ बैशाख २०८१, शनिबार ०८:५६

हेटौंडा । नयाँ वर्ष २०८१ का अवसरमा मकवानपुरका पर्यटकिय क्षेत्रहरुमा भिड लागेको छ । आज बिहानै देखि पर्यटकिय क्षेत्रहरुमा भिड लागेको हो । बिशेषगरी हेटौंडाको शहिद स्मारक, हेटौंडाको कुस्माण्डसरोवर त्रिबेणिधाम, मकवानपुरगढी, बनस्खण्डी, पुस्पलाल पार्क, त्रिखण्डी लगायतका पर्यटकिय स्थानमा आन्तरिक पर्यटकहरुको भिड लागेको हो ।

नयाँ वर्षको अवसरमा आफ्ना साथीभाइ, आफन्त र परिवार सहित घुम्नेहरु धेरैनै रहेका छन् । नयाँ वर्षलगायतका अवसरमा यस क्षेत्रको प्रमुख पर्यटकीय स्थल बनेको सहिद स्मारक नयाँ वर्ष आजबाट बेलुका १० बजेसम्म खुला गरिने भएको छ । सामान्यतया बिदाका दिन र पर्यटकको चाप भएका दिनमा राति ६–७ बजेसम्म खुला रहने गरेको सहिद स्मारक अब नयाँ वर्षबाट बिहान ६ बजेदेखि राति १० बजेसम्म खुला रहने भएको छ ।

स्मारकमा नयाँ बत्ती जडान गरी थप सौन्दर्यीकरण गरेसँगै स्मारक विकास समितिले राति १० बजेसम्म स्मारक परिसर खुला गर्न सुरु गरिएको स्मारक विकास समितिका अध्यक्ष तथा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले बताउनुभयो ।

स्मारक विकास समितिका कार्यालय प्रमुख रामचन्द्र न्यौपानेले अब नयाँ वर्षको दिनबाट नियमित रूपमा राति १० बजेसम्म खुला रहने व्यवस्थापन गर्न लागेको जानकारी दिनुभयो । उहाँले स्मारकमा थप संरचना निर्माणसँगै बत्ती जडानपछि आकर्षक देखिएको बताउँदै पर्यटकको मागलाई समेत ध्यानमा राखेर समय बढाइएको बताउनुभयो ।

नयाँ वर्षका दिन नयाँ स्थानसँगै मठमन्दिरमा परिवार र साथीभाइसँगै जाने आमप्रचलन छ । नयाँ नयाँ गन्तव्यमा जाने नयाँ वर्षको शुभकामना आदानप्रदान गर्दै रमाइलो गर्ने गन्तव्य स्थलमध्येको एक पछिल्लो वर्षमा सहिद स्मारक बन्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*