‘प्रेग्नेन्सी फोटोसुट’मा रोमान्टिक सलोन-करिश्मा (तस्वीर)

जनपत्र
३० फाल्गुन २०८०, बुधबार १५:५५

अभिनेता सलोन बस्नेत र पत्नी करिश्मा ‘पेरेन्टहुड’ सेलिब्रेसन गरिरहेका छन् । सन्तान स्वागतको तयारीमा जुटेका उनीहरुले सामाजिक सञ्जालबाट रमाइला पल सार्वजनिक गरिरहेको देख्न सकिन्छ ।

चिकित्सकले वैशाख २७ गतेलाई डेलिभरी डेट तोकेको सलोनको भनाइ छ । यो लाइफटाइम खुसीलाई लिएर यी दुईजना यतिबेला प्रफुल्ल पनि छन् । बुधबार उनीहरुले ‘प्रेग्नेन्सी’ फोटोसुट पनि गरे ।

यी रोमान्टिक तस्वीरमा करिश्माको ‘बेबी बम्प’ देख्न सकिन्छ । जिन्स पहिरनमा यी दुई जोडी रोमान्टिक र कुल देखिएका छन् । फोटो सेयर गर्दै सलोन लेख्छन्, ‘नयाँ अध्याय सुरु ।’

गत मंसिर १२ गते प्रेग्नेन्सी घोषणा गर्दै सलोन र करिश्माले हुनेवाला बच्चाको नाम ‘सलोमा’ राखेको जनाएका थिए । प्रेगनेन्सीको भिडियो एक्सरे रिपोर्ट पनि उनीहरुले सार्वजनिक गरेका थिए ।

लामो समयदेखिको प्रेम सम्बन्धलाई उनीहरुले गत वर्षको मंसिरमा विवाहमा परिणत गरेका थिए ।

तस्वीरहरु

    

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*