हेटौंडामा जिल्लास्तरीय जुनियर क्योकुशिन कराते प्रतियोगिता हुने

जनपत्र
५ फाल्गुन २०८०, शनिबार ०६:२४

हेटौंडा । आउँदो फागुन १० गतेबाट हेटौंडामा जिल्लास्तरीय जुनियर क्योकुशिन कराते प्रतियोगिता हुने भएको छ । नेपाल खेलकुद महासंघ मकवानपुरले शुक्रबार पत्रकार भेटघाटमार्फत महासंघको स्थापना दिवसको अवसरमा प्रतियोगिता हुन लागिएको जनाएको छ ।

प्रतियोगितामा महिला तर्फ ३० के।जी मुनि, ३५ के।जी, ४५ के।जी र ५० के।जी मुनि र पुरुषतर्फ ३० के।जी, ३५ के।जी।, ४५ के।जी र ५० के।जी मुनिका समुहगत प्रतिस्पर्धी खेलाडी सहभागी हुने छन्। प्रतियोगितामा १ सय ५० खेलाडीहरु सहभागी हुने आयोजकले जनाएको छ । महासंघका जिल्ला अध्यक्ष सबिन मुक्तानले प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २र२ हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र दिईने बताए। उनका अनुसार फागुन १२ गते अन्तिम दिन घ्याम्पो ब्रेकिङ्ग, आइस ब्रेकिङ्ग, टायल ब्रेकिङ्ग, लठ्ठी बेकिङ्ग, मोटर साइकल पेटबाट गुडाउने र ढुङगा ब्रेकिङ्ग जस्ता प्रदर्शन रहने छ।

त्यस्तै, क्योकुशिन कराते खेलाडहिरुबाट प्रदर्शनी हुने छ । समापन समारोहमा मकवानपुरबाट राष्ट्रिय स्तर खेल्ने खेलाडीलाई सम्मान गरिने बताइएको छ। महासंघ बागमती प्रदेश सचीव जय श्रेष्ठले देशमा सबैभन्दा बढी अन्तरास्ट्रिय स्तरको पदक भित्र्याउने कराते खेललाई सरकारले लगानी नगरेको गुनासो गरे। उनले सरकारले फुटबललाई मात्र खेलको रुपमा हेरेको बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*