अमेरिका र बेलायतद्वारा हुथी समूहविरुद्ध यमनमा संयुक्त आक्रमण शुरु

जनपत्र
९ माघ २०८०, मंगलवार ११:३३

 

संयुक्त राज्य अमेरिका र बेलायतले यमनमा विद्राेही समूह हुथीविरुद्ध संयुक्त हवाई आक्रमण शुरु गरेका छन् ।

नयाँ हवाई आक्रमणले हुथी समूहकाे भूमिगत भण्डारण, मिसाइल र यसको निगरानी क्षमतालाई लक्षित गरेको अमेरिकी रक्षा विभाग पेन्टागनलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

इरान समर्थित हुथीहरूले महत्त्वपूर्ण लाल सागर व्यापार मार्गबाट यात्रा गर्ने इजरायल र पश्चिमसँग जोडिएका जहाजहरूलाई निशाना बनाएपछि अमेरिका र बेलायतले स्वतन्त्र व्यापार वाणिज्यलाई जोगाउन प्रयास गरिरहेका खबरमा उल्लेख छ ।

यमनमा हुथी विरुद्ध अमेरिकाले गरेको यो आठौँ आक्रमण हो । गएको जनवरी ११ मा पनि अमेरिका र बेलायतले हुथी समूहमाथि संयुक्त आक्रमण गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*