हेटौंडा–१२ मा फूटबल प्रतियोगिता

जनपत्र
२७ कार्तिक २०८०, सोमबार १८:३३

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१२ को आयोजना तथा १२ नम्बर वडाको टोल विकास संस्था समन्वय समितिको आयोजनामा तिहार, नेपाल सम्वत र छटपर्बको अवसरमा नकआउट फुटबल प्रतियोगिता गरिएको हो ।

बागमति प्रदेशका निवर्तमान श्रम, रोजागार तथा यातायात मन्त्री तथा बागमती प्रदेशसभाका सदस्य एकालाल श्रेष्ठले प्रतियोगिताको उद्घाटन् गर्नुभयो । प्रतियोगितामा श्रीजनसील टोल बिकास संस्था (तल्लो रमन्टार) बिजयी भएको छ भने र उपविजेता सिर्जनशील टोल बिकास संस्था (बेलडांडा) भएको छ । प्रथम हुने टिमले नगद ५० हजार, शिल्डर मेडल प्राप्त गरेको छ भने दितीय हुने टिमले नगद २५ हजार रुपैयाँ, शिल्ड र मेडल प्राप्त गरेको छ । बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी श्रेष्ठले पुरस्कार हस्तान्तरण गर्नुभयो ।

१२ नम्बर वडा खेलकुद विकास समितिका अध्यक्ष महेश भट्टराइको अध्यक्षतामा भएको हो । कार्यक्रममा हेटौंडा–१४ का वडा अध्यक्ष दिपक खड्का, हेटौंडा–१२ का कार्यबाहक अध्यक्ष ज्ञान बहादुर श्रेष्ठ, कार्यपालिकाका सदस्य रुकमिणी गोङ्वा, वडा सदस्य गिता परियार, हेटौंडा १२ टोल विकास संस्था समन्वय समितिका अध्यक्ष राजेश नगरकोटी लगायतकाको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*