जव १६० केजीकी महिला खाटबाट लडिन्, त्यसपछि के भयाे त ?

जनपत्र
२४ भाद्र २०८०, आईतवार ०६:३४

भारतको महाराष्ट्र राज्यको ठाणेमा १ सय ६० केजी तौल भएकी बिरामी महिला खाटबाट लडेपछि उनलाई उठाउनका लागि उनका परिवारले दमकल विभागको सहयोग लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

वाघविल क्षेत्रमा रहेकी ६२ वर्षीया महिला बिरामी भएका कारण बाहिर आउने–जाने गर्न सक्दिन थिइन् । बिहीवार बिहान ८ बजेतिर ती महिला खाटबाट लडेकी थिइन् ।

परिवारले उनलाई उठाउने कोसिस गरे, तर उठाएर खाटमा राख्न नसकेपछि परिवारले दमकल विभागलाई यो घटनाको जानकारी दिएका खबरमा उल्लेख छ ।

सूचना पाएपछि दमकल विभाग घरमै पुगेर ती महिलालाई उठाएर खाटमा राखेका थिए ।यद्यपि यस घटनाको क्रममा महिलालाई कुनै चोट नलागेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*