सुतुरमुर्गका जस्तै खुट्टा भएको विश्वकै अनौठो समुदाय

जनपत्र
७ भाद्र २०८०, बिहीबार ०६:३३

विश्वमा विभिन्न आदिवासी समुदायका मानिसहरु बस्दछन् । त्यसमध्ये एउटा आदिवासी हो डोमा समुदाय । उनीहरुलाई सुतुरमुर्ग मान्छेहरु भनेर पनि चिनिन्छ । यसो भन्नुको पछाडिको कारण उनीहरुको पाइताला हो ।

वास्तवमा यो समुदायका मानिसहरुको खुट्टाका पैताला अस्ट्रिच चरा अर्थात् सुतुरमुर्गका जस्तै हुन्छन् ।

जिम्बाबेको कान्येम्बा क्षेत्रमा बस्ने यो समुदाय आफ्नो दुर्लभ आनुवंशिक अवस्थाका कारण प्रसिद्ध छ । यो समुदायका धेरै मानिसहरु एक्ट्रोडेक्टाइलीको समस्याबाट पीडित छन् । यसमा मानिसको खुट्टाका केही औंलाहरु हुँदैनन् । यो आनुवंशिक उत्परिवर्तनलाई लबस्टर क्ल सिन्ड्रोम पनि भनिन्छ ।

डेलीस्टारको रिपोर्ट अनुसार यसमा जन्मजात नै खुट्टाका एक वा त्योभन्दा धेरै औंला गायब हुन्छन् । यो समुदायमा जन्मिने हरेक एक चौथाई बच्चामा यस्तो समस्या देखिने गरेको बताइन्छ ।

कतिपय मानिसका दुबै खुट्टाका बीचका तीनवटा औंला नै गायब छन् र केबल दुई दुईवटा औंला मौ छन् । ती औँलापनि भित्रतर्फ मोडिएका हुन्छन् ।

यो समुदायका मानिसहरुलाई आफ्नो समूह भन्दा बाहिर बिहे गर्न बन्देज छ, ताकि त्यो समस्या अरु समुदायमा नफैलियोस् ।

आदिवासीहरुलाई सम्बन्धित समुदाय बाहेक अन्यसँग बिहे गर्न रोक लगाउने कानून विद्यमान भएता पनि बिहेबारी भएकै कारणले गर्दा कालाहारी मरुभूमि क्षेत्रमा बस्ने तलौंडा वा तलौते कलंगालगायतका विभिन्न आदिवासी समुदायका मानिसहरुमा पनि यो समस्या देखिन्छ । उनीहरुले डोमा जनजातिकै एउटै वंशज रहेको बताइन्छ ।

यो समुदायले आफ्नो असाधारण पाइताला भएको अवस्थालाई अपांगता मान्दैन । तर खुट्टामा औंला नभएका कारण उनीहरुलाई हिँडडुल गर्न नै गाह्रो हुन्छ र जुत्ता लगाउन पनि पाउँदैनन् । तर यसका बाबजुत सो समुदायका मानिसहरुले आफ्नो त्यस्तो अवस्थालाई विशेष क्षमताको रुपमा लिन्छन् र आफ्नो अवस्थाको खुसी मनाउँछन् ।

खुट्टा त्यस्तो भएकै कारण रुख छिटो छिटो चढ्न सक्ने हुनाले उनीहरु खुसी हुन्छन् । किनकि यिनीहरुले जंगली रुखका फलहरु खाएर, सिकार गरेर, माछा मारेर, जंगली मह संकलन गरेर खाने गर्दछन् ।

एजेन्सी

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*