प्रतिनिधिसभाको बैठक बस्दै, बजेटमाथि मन्त्रालयगत छलफल हुने

जनपत्र
३२ जेष्ठ २०८०, बिहीबार ०७:०२

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकहरूमाथि छलफल हुने कार्यसूची रहेको छ ।

आजको बैठकमा मन्त्रालयको विभिन्न शीर्षकहरूमाथि छलफल हुनेछ ।

बैठकमा वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र शहरी विकास मन्त्रालयका विभिन्न शीर्षकमाथि खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

मन्त्रालयगत छलफल १२ असारसम्म जारी रहनेछ । आगामी आर्थिक वर्ष २०८०र८१ का लागि सरकारले ल्याएको बजेटमाथिको छलफल सोमबार सकिएको थियो

सम्भावित कार्यसूची :

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*