सभापति देउवा उपचारका लागि सिङ्गापुर प्रस्थान

जनपत्र
३१ जेष्ठ २०८०, बुधबार ०७:४२

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिङ्गापुर प्रस्थान गरेका छन्।

उनी नियमित स्वास्थ्य ‘फलोअप’का लागि गएराति त्यसतर्फ प्रस्थान गरेका हुन्। गएराति १२ बजे सिंगापुर एयरलाइन्सको विमानमार्फत सभापति देउवा त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जानकारी दिएको छ। उनीसँगै पत्नी आरजु राणा देउवा पनि सिंगापुर गएकी छन्।

सभापति देउवाले केही वर्षअघि पेटमा समस्या देखिएपछि सिङ्गापुरमा उपचार गराएका थिए।

पछिल्लो पटक प्रधानमन्त्री भएपछि विभिन्न तहका निर्वाचन र पार्टीको महाधिवेशनमा व्यस्त हुनुपरेका कारण सभापति देउवाको नियमित स्वास्थ्य ‘फलोअप’ हुन सकेको थिएन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*