कोशी प्रदेशसभा बैठक जेठ ३१ गते बस्ने

जनपत्र
२९ जेष्ठ २०८०, सोमबार ०७:२०

कोशी प्रदेशसभा दोस्रो तथा बजेट अधिवेशन जेठ ३१ गते बुधवार दिउँसो १ बजे बस्ने भएको छ ।

जेठ २३ गते सभाको सम्पन्न बैठकपछि अर्को सूचना जारी नभएसम्म सभामुख बाबुराम गौतमले बैठक स्थगित गरेका थिए ।

कोशी प्रदेशसभा नियमावली २०७४ को नियम ६ बमोजिम प्रदेशसभाका सबै सदस्यलाई जानकारीको लागि सूचना जारी गरेको प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*