म्यानचेस्टर सिटीलाई पहिलो पटक च्याम्पियन्स लिगको उपाधि

जनपत्र
२८ जेष्ठ २०८०, आईतवार ०६:४७

यूईएफए च्याम्पियन्स लिगको उपाधि इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीले जितेको छ। टर्कीको इस्तानबुलस्थित एटाटर्क स्टेडियममा सम्पन्न खेलमा इटालियन क्लब इन्टर मिलानलाई १(० गोलअन्तरले हराउँदै सिटी च्याम्पियन बनेको हो। सिटीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जितेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा सिटीलाई जित दिलाउन रोड्रीले ६८ औँ मिनेटमा निर्णायक गोल गरे।

जितसँगै सिटीले ट्रेबल पुरा गरेको छ। ट्रेबल अर्थात एकैसिजन लिग, एफए कप र च्याम्पियन्स लिगको उपाधि। यसअघि प्रिमियर लिग क्लब मध्येमा म्यानचेस्टर युनाइटेडले सन् १९९९ मा ट्रेबल बनाउन सफल भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*