प्रधानमन्त्री प्रचण्डलाई विदेश राज्यमन्त्री लेखीले गरिन् स्वागत

जनपत्र
१७ जेष्ठ २०८०, बुधबार १६:४८

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दिल्ली पुगेका छन्। चार दिने भ्रमणका लागि दिल्ली गएका प्रधानमन्त्री प्रचण्डलाई विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी थिइन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड भारत गएका हुन्। मोदीसँग भोलि हैदरावाद हाउसमा द्विपक्षीय वार्ता हुनेछ। नेपाल र भारतबीच विभिन्न विषयमा सम्झौता हुने कार्यक्रसमेत रहेको छ।

प्रधानमन्त्री भोलि नै भारतका उपराष्ट्रपति र पर्सी राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्नेछन्। उनी मध्यप्रदेशको इन्दोर जाने कार्यक्रमसमेत रहेको छ।

यसअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई पर्यटन राज्यमन्त्री र त्यसअघि केपी शर्मा ओलीलाई विदेश सचिवले स्वागत गरेका थिए।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*