रवि लामिछानेविरुद्ध सर्वाेच्च अदालतमा अर्काे रिट दर्ता

जनपत्र
१० जेष्ठ २०८०, बुधबार ०६:५१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले नेपाली नागरिता लिँदा प्रक्रिया पूरा नगरेको उल्लेख गर्दै दायर गरिएको रिट निवेदनलाई दर्ता गर्न सर्वोच्च अदालतले आदेश गरेको छ ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले दर्ता गर्न आदेश गरेको हो । सर्वोच्च प्रशासनले रिट निवेदन दरपीठ (दर्ता गर्न अस्वीकार) गरेको थियोे ।

दरपीठविरुद्ध युवराज सफलले इजलासमा रिट निवेदन पेश गरेका थिए । निवेदनमाथि सुनुवाइ गर्दै अदालतले दर्ता गर्ने आदेश गरेको छ ।

रिट निवेदनमा सर्वोच्च अदालतले पुरानो नागरिकता लिँदा प्रक्रिया पूरा नगरेको फैसला गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट लामिछानेले नागरिकता लिएको तर प्रक्रिया नपुगेको उल्लेख छ ।

यसअघि अदालतमा महान्यायाधिवक्ता कार्यालयको राहदानी कीर्तेमा मुद्दा नचलाउने निर्णयविरुद्ध दायर गरेको रिट निवेदन विचाराधीन छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*