आईपीएल क्रिकेटको फाइनलमा पुग्न आज चेन्नई र गुजरात खेल्दै

जनपत्र
९ जेष्ठ २०८०, मंगलवार १०:३८

काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा आज चेन्नई सुपर किङ्ग्स र गुजरात टाइटन्स खेल्दैछन् ।

खेल चेन्नईमा बेलुका पौने ८ बजे सुरु हुनेछ । आजको विजेता टोली फाइनलमा पुग्नेछ । आज पराजित हुने टोलीले एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ । गुजरात साविक विजेता टोली पनि हो । गुजरात १४ खेलमा २० अङ्कका साथ तालिकाको शीर्ष स्थानमा र चेन्नई समान खेलमा १७ अङ्कका साथ दोस्रो स्थानमा छ ।

समान १४ खेलमा १७ अङ्क नै रहेको लखनउ सुपर जायन्ट्स तेस्रो र १६ अङ्क रहेको मुम्बई चौथो स्थानमा छ । लखनउ र मुम्बईबीच भोलि एलिमिनेटर खेल हुनेछ । शुक्रवार दोस्रो क्वालिफायरमा एलिमिनेटर विजेता र पहिलो क्वालिफायरमा पराजित हुने टोलीबीच खेल हुनेछ ।

आईपीएलको फाइनल खेल आइतवार हुनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*