डा. बाबुराम भट्टराईको टिप्पणी : संरचनात्मक परिवर्तनका नीति-कार्यक्रम ल्याउनु पर्थ्यो

पूर्वअर्थमन्त्रीसमेत रहेका भट्टराईले जबसम्म दुई दशकसम्म दुई अंकको वृद्धिदर र वर्षेनी ५-७ लाख रोजगारी हुन्न तबसम्म केही नहुने स्पष्ट पारे।
जनपत्र
६ जेष्ठ २०८०, शनिबार ०७:१७

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले प्रस्तुत गरेको नीति कार्यक्रमप्रति असन्तुष्ट व्यक्त गरेका छन्। शुक्रबार सार्वजनिक भएको नीति तथा कार्यक्रमपश्चात नेसपाका अध्यक्षसमेत रहेका भट्टराईले आमूल संरचनात्मक परिवर्तनका नीति(कार्यक्रम ल्याउनु पर्ने भएपनि त्यस्तो नभएको टिप्पणी गरेका हुन्।

‘गठबन्धन सरकारले आलोपालो नै भएपनि ५ वर्ष चलाउने दृढताका साथ पहिला केही वर्ष आमूल संरचनात्मक परिवर्तनका नीति-कार्यक्रम ल्याउनु पर्थ्यो’उनले सामाजिक सञ्जालमार्फत भने,‘सुझाव पनि दिएकै हो। तर निरन्तरतामा १९ को २० गर्ने गरी आयो !’

पूर्वअर्थमन्त्रीसमेत रहेका भट्टराईले जबसम्म दुई दशकसम्म दुई अंकको वृद्धिदर र वर्षेनी ५(७ लाख रोजगारी हुन्न तबसम्म केही नहुने स्पष्ट पारे।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*