आईपीएल क्रिकेटमा पञ्जाबले दिल्लीलाई ३१ रनले हरायो : प्रभसिमरनको शतक

जनपत्र
३१ बैशाख २०८०, आईतवार ०७:१२

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किङ्ग्सले दिल्ली क्यापिटल्सलाई ३१ रनले हराएको छ । जितसँगै तालिकाको छैटौँ स्थानमा उक्लिएको पञ्जाबले प्लेअफको सम्भावना कायमै राखेको छ ।

पञ्जाबले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३६ रन मात्रै बनायो । दिल्लीका डेबिड वार्नरले ५४ रन बनाए । फिलिप साल्टले २१ रन जोडे । पञ्जाबका हरप्रित ब्रारले ४ विकेट लिए ।

राहुल चाहर र नाथन एलिसले समान २र२ विकेट लिए । त्यसअघि दिल्लीमा टस हारेर पहिला ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो । पञ्जाबका प्रभसिमरन सिंहले १ सय ३ रनको शतकीय पारी खेले ।

आईपीएल क्रिकेटमा सिंहको यो पहिलो शतक पनि हो । साम करनले २० रन जोडे । दिल्लीका इशान्त शर्माले २ तथा प्रविन दुवे, अक्षर पटेल, कुलदीप यादव र मुकेश कुमारले समान १र१ विकेट लिए ।

जितसँगै बाह्र खेलमा १२ अंकका साथ पञ्जाब लिगको छैटौँ स्थानमा उक्लिएको छ । समान १२ खेलमा ८ अङ्क रहेको दिल्ली पुछारमा कायमै छ ।

हिजो भएको पहिलो खेलमा लखनउ सुपर जायन्ट्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले हराएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*