रियलको झिनो अन्तरको जित

जनपत्र
३१ बैशाख २०८०, आईतवार ०७:११

रियल म्याड्रिडले स्पेनी ला लिगामा शनिबार गेटाफेमाथि १–० को झिनो अन्तरको जित निकालेको छ । मार्को एसेसिओले खेलको एकमात्र गोल गर्दै रियलको उपाधि रक्षा गर्ने गणितीय सम्भावना कायम राखेका थिए ।

यसै साता रियलले युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनल दोस्रो लेगमा म्यानचेस्टर सिटीको सामना गर्दै छ । त्यसैलाई ध्यानमा राखेर प्रशिक्षक कार्लो एन्सेलोटीले आफ्ना दोस्रो रोजाइका खेलाडी मैदानमा उतारेका थिए ।

यो जितपछि रियल ७१ अंकमा दोस्रोमा छ, यो अंक शीर्षमा रहेको बार्सिलोनासँग ११ अंकको दूरी हो । शनिबारका अन्य खेलमा भिल्लारियलले एथलेटिको बिलबाओलाई ५–१ र ओसासुनाले आल्मेरियालाई ३–१ ले हरायो । रियल सोसिडाड र जिरोनाले २–२ को बराबरी खेले ।एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*