मधेस सरकारमा जनमत पार्टीलाई ल्याउने/नल्याउने जिम्मेवारी प्रचण्डको : अध्यक्ष यादव

जनपत्र
२९ बैशाख २०८०, शुक्रबार १४:४३

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस सरकारले चाँडै पूर्णता पाउने र यो सरकारमा जनमत पार्टीलाई ल्याउनेरनल्याउने जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भएको बताएका छन्।

शुक्रबार जनकपुरमा बोल्दै अध्यक्ष यादवले सो कुरा बताएका हुन्।

उनले भने, ‘यही सरकारमा मन्त्रिपरिषद् बिस्तार हुन्छ। घटक दलका तर्फबाट मन्त्री हुन्छन्। तर, मुख्यमन्त्रीमा आलोपालो हुन्छ। संघमा सरकारमा रहेका पाँचदलीय गठबन्धनको संयुक्त सरकारको रूपमा यो अगाडि बढ्छ। मन्त्रिपरिषद् हेरफेर वा पुनःगठन चाँडै हुन्छ।’

यस्तै, उनले जनमत पार्टी उपनिर्वाचनमा सत्तारुढ गठबन्धनको विरुद्धमा लागेको भन्दै उनले जनमतलाई सरकारमा ल्याउने, नल्याउने जिम्मेवारी प्रचण्डको भएको बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*