अमेरिकी शीर्ष सुरक्षा सल्लाहकार र चिनियाँ कुटनीतिज्ञबीच भेटवार्ता

जनपत्र
२९ बैशाख २०८०, शुक्रबार ०७:२३

अमेरिकी शीर्ष सुरक्षा सल्लाहकार र चीनका उच्च कुटनीतिज्ञबीच भियनामा भेटवार्ता भएको छ ।

राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले चीनका कुटनीतिज्ञ वाङ यीसँग भेटवार्ता गरेको ह्वाइट हाउसले पुष्टि गरेको छ। दुई पक्षबीच युक्रेनमा जारी युद्ध र चीन–ताइवान सम्बन्धलगायतका महत्त्वपूर्ण विषयमा छलफल भएको छ ।

उच्च अधिकारीबीचको यो भेटवार्ताले अमेरिकी राष्ट्रपति जो बाइडेन र उहाँका चिनियाँ समकक्षी सी जिनपिङबीच सम्भावित भेटवार्तालाई बलियो बनाएको पनि समाचार संस्था एएफपीले जनाएको छ । पछिल्लो पटक अमेरिकी भू–भागमा पुगेको चिनियाँ बेलुन अमेरिकाले खसालेपछि दुई देशबीच सम्बन्ध चिसिएको थियो।एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*