एमाले केन्द्रीय कार्यालयको बैठक आज पनि बस्दै, के-के छन् एजेन्डा ?
नेकपा एमाले केन्द्रीय कार्यालय बैठक आज पनि बस्दैछ ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा सोमबार छलफल गरिएको विषयलाई प्रस्तुत गरिनेछ ।
मंगलबार बसेको बैठकमा यही २८ वैशाखदेखि बस्ने पार्टी केन्द्रीय कमिटी बैठकको कार्य योजना र प्रस्तुत गरिने एजेन्डाका विषयमा छलफल भएको थियो ।
४ मंसिरको चुनावपछि एमाले केन्द्रीय कमिटीको बैठक पहिलोपटक बस्न लागेको हो । यसअघि यो बैठक झापामा बस्ने भनिए पनि संसद् अधिवेशन सुरु भएकाले बैठक काठमाडौंमै बस्ने तय भएको हो ।
बैठकमा ४ मंसिरको चुनाव, १० वैशाखको उपचुनाव र पार्टीले चलाएको मिसन ग्रासरुट मिसनबारे समीक्षा हुने एमालेले जनाएको छ ।







