फरेस्ट र एभरटनको राहतपूर्ण जित

जनपत्र
२६ बैशाख २०८०, मंगलवार ०७:२१

नटिङघम फरेस्ट र एभरटनले इंग्लिस प्रिमियर लिगमा सोमबार महत्त्वपूर्ण जित हात पारेका छन् र यसले उनीहरूको रेलिगेसनबाट बच्ने सम्भावनामा राहत दिएको छ । फरेस्टले सात गोलको रोमाञ्चक खेलमा साउथह्याम्पटनलाई ४–३ ले हरायो ।

हारले पुछारको साउथह्याम्पटन रेलिगेसनमा पर्ने निश्चित जस्तै भएको छ । अर्को खेलमा एभरटनले ब्राइटनलाई ५–१ ले हरायो । यस्तै, अर्को खेलमा फुलहमले लेस्टर सिटीलाई ५–३ ले पन्छायो ।

यी नतिजापछि अंक तालिकाको अन्तिम तीन स्थानमा लेस्टर, लिड्स र साउथह्याम्पटन रहेका छन् । फरेस्ट र एभरटन उनीहरूको ठीक अगाडि रहेका छन् । जितपछि फरेस्टको ३३ र एभरटनको ३२ अंक भएको छ ।एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*