उल्भसको पोस्टमा डर्टमन्डको आधा दर्जन गोल

जनपत्र
२५ बैशाख २०८०, सोमबार ०७:४९

जर्मन बुन्डेश लिगामा बोरुसिया डर्टमन्डले उल्भसको पोस्टमा आधा दर्जन गोल गरेको छ ।

यो जितसँगै डर्टमन्डले शीर्ष स्थानको बायर्न म्युनिखसँगको अंक दूरी एकमा झारेको छ ।

घरेलु टोली डर्टमण्डले पहिलो हाफमा तीन र दोस्रो हाफमा तीन गोल गरेको थियो । पहिलो हाफको १४ औं मिनेटमा करिम एडेमीको गोलबाट डर्टमन्डले अग्रता लिएको थियो ।

त्यसपछि २८ औं मिनेटमा सेबास्टिय होला र ३७ औं मिनेटमा डनवेल मालेनले गोल थपे । ५९ औं मिनेटमा एडेमीले व्यक्तिगत दोस्रो गोल गरे । यस्तै ५४ र ८६ मिनेटमा युवा खेलाडी जुड बेलिङघमले गोल थपेपछि बोरुसिया डर्टमन्ड ६-० ले विजयी भयो ।

जितसँगै डर्टमन्डले ११ वर्षपछि उपाधि होड कायमै राखेको छ । समान ३१ खेल खेल्दा डर्टमण्डको ६४ अंक र शीर्षस्थानको बायर्नको ६५ अंक छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*