ए डिभिजन लिगममा आज तीन खेल हुँदै
सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज शनिबार तीन खेलहरु हुँदैछन्। लिगको दोस्रो लेगको दोस्रो राउण्ड अन्तर्गत शनिबार तीन खेलहरु हुनेछन् । जसमा दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा रोयल ब्लु सातदोबाटो युथ क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ। सातदोबाटो र मनाङबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ। रंगशालामा हुने दोस्रो खेलमा थ्री स्टार क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । थ्री स्टार र फ्रेन्ड्सबीचको खेल साँझ ६ बजे सुरु हुनेछ।
यस्तै च्यासल मैदानमा चर्च ब्वाइज युनाईटेड र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । चर्च ब्वाइज र एनआरटीबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ।






