निजामती ऐनको माग गर्दै कर्मचारीले आज सिंहदरवार प्रवेशमा रोक लगाउने

जनपत्र
२१ बैशाख २०८०, बिहीबार ०७:०५

संघीय निजामती ऐन तत्काल जारी गर्न माग गर्दै कर्मचारीका संयुक्त ट्रेड युनियनहरुले सिंहदरवार प्रवेशमा रोक लगाउने भएका छन् ।

गत बैशाख १९ गते सुरु भएको तीन दिने आन्दोलनको कार्यत्रःम अनुसार आज बिहिवार सिंहदरवार प्रवेशमा रोक लगाउन लागिएको हो । नेपाल निजामती कर्मचारी संगठनकाक केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाका अनुसार बैशाख १९ गते मुख्य सचिवसहित बिभिन्न मन्त्रालयका सचिवलाई ‘संघीय निजामती सेवा ऐन जारी गर्न’ देशभरबाट मोवाईल एसएमएसमार्फत ध्यानाकर्षण गराईएको थियो भने बैशाख २० गते बुधबार पनि प्रधानमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन, कानून न्याय तथा संसदीय मामिलासहित अर्थ मन्त्री, राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरुलाई देशैभरीबाट मोवाईल एसएमएसमार्फत ध्यानाकर्षण गराई सकिएको छ ।

बैशाख २१ गते बिहीबार भने सिंहदरवार परिसरभित्र कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई ‘सिंहदरवार प्रवेश नगर्न’ आव्हान गर्ने निर्णय भएको उनले जानकारी दिए । उनका अनुसार आज सिंहदरवार प्रवेशमा कर्मचारीहरु जाने छैनन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*