एएफसी यू-१७ महिला एसियन कप छनोटको पहिलो खेलमा नेपाल इरानसँग पराजित

जनपत्र
१४ बैशाख २०८०, बिहीबार ०७:२६

१७ वर्षमुनिको महिला एसियन कप फुटबल छनोटको पहिलो खेलमा नेपाल पराजित भएको छ ।

गएराति जोर्डनको प्रिन्स मोहम्मद स्टेडियममा भएको खेलमा नेपाल इरानसँग १–० गोलले पराजित भएको हो । इरानका एरिसा कुह गार्डले ८१औँ मिनेटमा निर्णायक गोल गरिन् । नेपालले समूह चरणको अन्तिम खेलमा भोलि शुक्रवार जोर्डनसँग खेल्नेछ ।

समूह विजेता छनोटको दोस्रो चरणमा पुग्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*