तनहुँ १ उपनिर्वाचन : १३ हजार मत गन्दा रास्वपाका डा. वाग्लेले कटाए सात हजार मत

जनपत्र
११ बैशाख २०८०, सोमबार ०८:१४

आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको  मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा स्वर्णिम वाग्लेले दोब्बर भन्दा बढी मतले अग्रता लिएका छन्।

गए राति ११ः४५ बजेदेखि मतगणना सुरु भएकामा आज बिहान ७ः४५ बजेसम्म १३ हजार ६५ मतगणना हुँदाको नतिजाअनुसार रास्वपाका डा वाग्लेले  सात हजार २९३ मत प्राप्त गरेका छन् ।  नेपाली कांग्रेसका गोविन्द भट्टराईले ३ हजार २३४ र नेकपा एमालेका सर्वेन्द्र खनालले २ हजार १३४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिए ।

तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत ४२ वडामा ६३ हजार सात सय ५७ मत खसेको थियो । जिल्ला समन्वय समितिको सभाहलमा दुई ठाउँमा मतगणना कार्य जारी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*