एट्लेटिको म्याड्रिडलाई हराउँदै उपाधितर्फ बार्सिलोना

जनपत्र
११ बैशाख २०८०, सोमबार ०८:०४

स्पेनिस ला-लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले उपाधि होडमा आफूलाई थप बलियो बनाएको छ।

आइतबार राति भएको खेलमा बार्सिलोनाले तेस्रो स्थानको एट्लेटिको म्याड्रिडलाई १-० ले पराजित गर्दै उपाधि होडमा दोस्रो स्थानको रियलसँगको अंक दुरी पुनस् ११ अंकमा कायम गरेको हो।

आइतबार बार्सिलोनाको घरेलु मैदान नउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले गरेको एकमात्र गोल तीन अंकका लागि निर्णायक बन्यो। बार्सिलोनाको जितमा फेरान टोरेसले खेलको ४४ औँ मिनेटमा निर्णायक गोल गरेका थिए। जितसँगै बार्सिलोनाले शीर्ष स्थानमा आफ्नो पटक मजबुत बनायो।

लालिगामा बार्सिलोनाको ३० खेलबाट ७६ अंक रहेको छ। दोस्रो स्थानको रियल म्याड्रिडको ६५ अंक रहँदा बार्सिलोनासँग पराजित पराजित एट्लेटिको म्याड्रिडको ६० अंक रहेको छ।

आइतबार नै भएका अन्य खेलमा भ्यालेन्सियाले इल्चेलाई २-० ले पराजित गर्दा मालोर्काले गेटाफेलाई ३-१ ले हरायो। त्यस्तै, सेभियाले भिल्लारियललाई २-१ ले पराजित गरेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*